हिमालयन बैंकसंग मर्जर गर्न सिभिल बैंकले पठायो औपचारिक प्रश्ताव
काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकमा विलय हुन औपचारीक प्रश्ताव पठाएको छ । लामो समयदेखी सिभिल बैंकले हिमालयन बैंकसंग मर्ज गर्न प्रयास गरिरहेको थियो । १ साता अघि हिमालयन बैंकमा सिभिल बैंकले अक्वायर हुन बोर्डको माइन्युटसहितको प्रश्ताव पठाएको हो ।
सिभिल बैंकले प्रश्ताव पठाएपनि हिमालयन बैंकले यसबारे कुनै छलफल गरेको छैन । हिमालयन बैंक र सिभिल बैंकमा कर्मचारी संचय कोषको केही हिस्सा क्रस होल्डिङ रहेको छ । हिमालयन बैंक स्रोतले भन्यो ‘मर्ज गर्न सिभिल बैंकबाट प्रश्ताव आएको छ ।’ ‘हामी यसबारेमा छलफल गर्न सकेका छैनौं । बैंकको उच्च स्रोतले भन्यो अव आउने मर्जर कमिटिको बैठकमा छलफल हुन्छ ।’
सिभिल बैंकले मर्जरको लागी विभिन्न बैंकसंग कुरा गरिरहे पनि कुनै पनि बैंकसंग मर्जरको टुङ्गो लागेको छैन । १ साताअघि हिमालयन बैंककलाई सिभिलले बोर्डको माइन्युटसहित औपचारीक पत्र पठाएको छ । हिमालयन बैंकले पनि १ महिनाअघि औपचारीक रुपमा मर्जर कमिटिनै बनाएको छ । सो कमिटिले विभिन्न बैंकसंग छलफल गरेर मर्जरबारे टुङ्गो लगाउने छ । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसंग पनि मर्जरबारे छलफल चलाएको छ ।
१ महिना अघि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकविच पनि मर्जरको बारेमा कुरा भैरहेको छ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर राणाको पहलमा खुलेको हिमालयन बैंक पारीवारिक नाता जोडिएको पृथ्वीबहादुर पाँडेले नेतृत्व गरेको नेपाल इन्भेष्टमेन्ट बैंक दुबै ठुला बैंक हुन । दुबै बैंकले साँढे २ दशक पार गरिसकेका छन ।
सिभिल बैंकले १ वर्ष अघिनै हिमालयन बैंकसंग मर्जरको प्रश्ताव गरेको थियो । बैंकको एक कार्यक्रममा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले ठुलो र राम्रो बैंक पार्टनर खोजिएको र छिट्टै टुङ्गो लाग्ने बताएका थिए । उता हिमालयन बैंकले भने बैंकको नाम र सिईओ आफैसंग राखेर बाँकी कुरामा सहमती जनाउने संकेत गरेको छ ।