५ वर्ष पछि फेरीयो रानीपोखरीको मुहार, यस्तो बन्यो (फोटो फिचर)

उषा रेग्मी / काठमाडौं
५ वर्षपछि रानिपोखरीको स्वरुप फेरीएको छ । राजा प्रताप मल्लले आफ्नी रानी पुत्रवियोगमा परेका बखत खुशि तुल्याउन बनाएको रानी पोखरी अहिले सोही बाटो हिड्ने सबै खुशि बन्नेगरी लोभलाग्दो बन्दै आएको छ । अहिले रानी पोखरी बेहुलिझै सिंगारीने क्रम जारी छ ।

२०७२ सालको भूकम्पले रानीपोखरीको वीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको साथै रानी पोखरीमासमेत क्षती पुर्याएको थियो । रानीपोखरी पुर्ननिर्माणको भुकम्पपछिनै पानि सुकाइएको करिब ५ वर्षपछि रानीपोखरीको मुहार फेरिएको छ ।

रानी पोखरी पुर्ननिर्माण लगभग सकिएको छ । पोखरीमा ३ करोड १६ लाख लिटर पानि भरेपछी पोखरीको आर्कषण बढेको छ । उनका अनुसार अब रानीपोखरीको बिचमा रहेको शिखर ग्रन्थकुट शैलीमा बनिरहेको बालगोपालेश्वर मन्दिरको गजुर हाल्न बाँकी रहेको छ । ‘गजुर बनाएर पुर्ननिर्माण प्राधिकरणमा सुनको जलप लगाउन पठाएका छौं अबको ३,४ दिनमा गजुर पनि हालीसक्छौं’ सीएम तुलसी जेभी निर्माण कम्पनिका शान्त कुमार श्रेष्ठले बताए ।

लगभग १५ करोड लागतमा निर्माण भएको रानीपोखरी पहिलेकै लोभलाग्दो रुपमा परिणत भएको छ । अब पोखरीको पानी जम्ने सतहसँगै वरिपरि परम्परागत शैलीका आर्कशक बुट्टजडित पर्खालमा मात्र केही रङरोगन गर्न बाँकी छ । अब एक हप्ता जतिमा सकिने श्रेष्ठले बताएका छन ।

२०७२ माघ २ गते भूकम्प दिवसको अवसरमा रानीपोखरी पुनर्निर्माणको शिलान्यास राष्ट्रपती विद्यादेवी भण्डारीले गरेकी थिइन । रानीपोखरीमा भरीएको ३ करोड १६ लाख लिटर पानि काठमाडौं उपत्यका खानेपानी लि.ले उपलब्ध गराएसंगै कुनै समय अगाडी चौरमा परिणत भएको रानीपोखरी फेरी लोभलाग्दो भएको छ ।

१८० मिटर लम्बाइ र १४० मिटर चौडाइ रहेको रानिपोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा अवस्थित छ । वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए । राजधानीको मुटुमा अवस्थीत रानिपोखरी एक ऐतिहाँसीक सम्पदा हो । ई. सं. १६६५ मा राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युले शोकाकूल रानीलाई खुसी तुल्याउन पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।
