शिखर इन्स्योरेन्सको सिईओमा पाण्डे पुनः नियुक्त गर्न बीमा समितिमा सिफारिस

काठमाडौं । दीप प्रकाश पाण्डे शिखर ईन्स्योरेन्सको सीईओमा पुन: नियुक्त गर्न अावेदन परेकाे छ ।
यस अघि पनि उक्त कम्पनीको सीइओ रहेका पाण्डेलाई पुनः नियुक्ती गर्न शिखर इन्स्याेरेन्सकाे संचालक समितिको बैठकले निर्णय गरी स्वीकृतिकाे लागी बीमा समिति पठाएकाे छ ।
पाण्डेलाई कार्तिक ११ गतेबाट लागू हुने गरी सिईओ नियुक्त गरेको शिखर इन्स्योरेन्सको बोर्ड बैठकले निर्णय गरेको हो ।
चार वर्षअघि शिखर इन्स्योरेन्स कम्पनीको सिईओ पदमा पाण्डेलाई पुनः नियुक्ती गरिएको छ । त्यस्तै बीमा समितिले सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीकाे सीईअाे अगम मुखियाकाे नियुक्तिकाे लागी अध्यायन गरिरहेकाे छ ।