रक्तचन्दन कारोबार गर्ने नुवाकोटका २ सहित ४ युवा पक्राउ « Arthapath.com
६ आश्विन २०७७, मंगलवार

रक्तचन्दन कारोबार गर्ने नुवाकोटका २ सहित ४ युवा पक्राउ



काठमाडौं । रक्तचन्दन तस्कर गरेको आरोप लागेका ४ युवालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


रतmचन्दन तस्कर गरी पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ ठण्डापानी घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने १८ वर्षीय सुनिल तामाङ, नुवाकोटको मेघाङ गाउँपालिका ५ घर भएका तीनचुली नै बस्ने २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रेको तिमाल गाउँपालिका–८ घर भएका ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ घर भई तीनचुली बस्ने ४२ लाक्पा लामा रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
प्रहरी टोलीले तीनचुलीस्थित बुद्धभूमि टोलमा रहेको डमरु कारखानाबाटे १६ र ५ किलोका रक्तचन्दनका दुई वटा गोलिया बरामद गरेको थियो।


उनीहरु ४ जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्