नक्कली भ्याट बिल प्रयोग गर्ने चार कम्पनीविरूद्ध मुद्दा, ११ करोड ३१ लाख बिगो जरिवाना

काठमाडौं । झुठा तथा नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा राजश्व अनुसन्धान विभागले ४ कम्पनिविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
मुदा दर्ता हुनेमा चितवनको सन्तोषी निर्माण सेवा प्रा लि र ललितपुर महानगरपालिका १३ को स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्ससहित अन्य तीन कम्पनी रहेको विभागले जनाएके छ ।
त्यस्तै दुई वटा व्यापारिक फर्मलाई ११ करोड ३१ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग दाबी परेको छ ।
सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेलसमेत तीन जनालाई कर छलेको अभियोगमा ६ करोड २२ लाख ७४ हजार २२८ रुपैयाँ बिगो मागिएको विभागले बताएको छ ।
तयसैगरी ललितपुर महानगरपालिका १३ को स्काइलाइन ट्रेडर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलकी उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालक हर्ष चौधरीविरूद्ध पाँच करोड ८ लाख ९४ हजार २१६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।