सहकारीले १४.७५ प्रतिशत व्याजदरमा कर्जा दिने

काठमाडौं । अव सहकारी संस्थाहरुले १४.७५ प्रतिसत व्याजदरमा कर्जा दिने तयारी गरेको छ । सहकारी संस्थाहरुले आउँदो कार्तिक १५ गतेदेखि १४.७५ प्रतिशतमा कर्जा उपलव्ध गराउने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले बताएका छन ।
बुधबार सहकारी पत्रकार समाजले सहकारीको सन्दर्भ ब्याजदर २०७७ का विषयमा भर्चुअल अन्तर्क्रिया कार्यक्रममा उनले गत वर्ष वेसिक आधार १६ प्रतिशत तोकेको र सहकारी अनुसार ३ वा ४ प्रतिशत सेवा शुल्क लिदैं आएकोमा यस वर्ष यहि कार्तिक १५ गतेबाट लागु हुनेगरी १४.७५ प्रतिशतमा कर्जा उपलव्ध गराउने बताए । त्यसमा यस वर्ष पनि बेस १४.७५ प्रतिशत हुने र त्यसमा केही तल माथी हुने गरि व्याजदर निण्र्धारण हुर्नुेपर्ने माग गरेका थिए र त्यो लागु हुनेछ उनले बताएका छन ।
त्यस्तै सहकारीले धेरै व्याजदर लिने गरेको गुनासो आइरहेको बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले भने सन्दर्भ ब्याजदर कार्यान्यन भएको बताएका छन । पाण्डेले व्याजदर कार्यन्यन नभएका उदाहरण भए अगाडी लेराउनुस् हामी कारर्वाही गर्छौं भनेका छन ।
नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम व्याजदरमा लोन दिइरहेको बताएका छन । यसले सहकारीको सदस्यहरुलाई नै फाइदा पुगेको उनले बताएका छन । अब यो वर्ष पनि तोकेको व्याजदर शतप्रतिशत लागु गर्ने उनले बताएका छन ।
त्यसैगरी अधिकाशं सहकारीले १६ प्रतिशतनै लिएको र कुनै कुनै सहकारीले सेवा शुल्कको नाममा ३÷४ प्रतिशत व्याजदर बढी लिने गरेका छन । त्यसलाई अब सुधार गर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, कंडेलले बताएका छन । व्याजदर सधै एकैनास हुदैन यो समय र आवश्यकता अनुसार घटबढ हुर्ने बताएका छन ।