काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार बन्दै, १ अर्ब ३२ करोड लगानी लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकाका २ ठाउँमा १ अर्व ३२ करोडको लगानीमा केवलकार निर्माण हुने भएका छन् ।
केवलकार निर्माणका लागि २ कम्पनीले उद्योग विभागमा आवेदन दिएको जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुरको फुलचोकी र काठमाडौंको नागार्जनमा केवलकार निर्माणको लागि विभागमा आवेदन परेको हो ।
केवलकार शतप्रशित स्वदेशी लगानीमा केवलकार निर्माण गरिने भएको छ । केवलकार निर्माणका लागि सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण शुरु गर्ने भएका छन् ।
६६ करोड रुपैयाँ लगानीमा फुलचोकी केवलकार प्रा.लि.ले निर्माण गर्ने केवलकार ललितपुरको गोदावरीमा निर्माण हुने छ । केवलकार निर्माण भएपश्चात कम्पनीले ११ लाख ३७ हजार ५ सय जनालाई सेवा दिने उल्लेख गरिएको छ ।
त्यस्तै अर्काे केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीले ६६ करोड रुपैयाँ लगानीमा निर्माण गरिने छ । कम्पनीले ११ लाख २० हजार जनालाई सेवा दिने जनाएको छ ।