कात्तिकदेखि दुइटा सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौं । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुइटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ ।
सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि एउटै प्रकुतिका दुईवटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ ।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था उल्लेख छ ।