उदयपुर सिमेन्टको महाप्रबन्धक पदका लागि १० जनाको आवेदन, यस्ता छन् महाप्रबन्धकको प्रतिस्पर्धी

काठमाडौं । उदयपुर सिमेण्टको महाप्रबन्धक बन्नका लागि १० जनाको आवेदन परेको छ । सरकारी स्वामित्व रहेको उदयपुर सिमेण्टमा यति धेरैको आवेदन परेको हो । उद्योगको महाप्रबन्धक पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते सूचना प्रकाशित गरेको थियो । मन्त्रालयले आवेदन परेका उम्मेद्वारमध्ये कागजात परीक्षण गरी १० जनाको नाम सार्वजनिक गरेको हो ।
आवेदको नाम र अनुभव
१. ध्रुवबहादुर देवकोटाः उदयपुर सिमेन्टकै नायब महाप्रबन्धक
२. गोपीकृष्ण न्यौपानेः न्यौपाने नेपाल व्यवसायिक पहल (एनबिआइ) का सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यका लागि समेत आवेदन, १० वर्षसम्म बैंक तथा फाइनान्समा संचालक बनिसकेका, नाडा अटोमोबाइल र हस्पिटल एसोसिएसन लगायतका संस्थामा रहेर काम गरिसकेका छन् ।
३. अम्मरराज खैरः खैर कृषि सामाग्री कम्पनीका पूर्व प्रबन्ध निर्देशक
४. संजयकुमार लालः लाल उदयपुर सिमेन्टकै उत्पादन महाशाखा प्रमुख
५ः गोविन्दप्रसाद दाहालः दाहाल नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी
६. अरुणकुमार ढुंगानाः ढुंगाना कृषि विकास बैंकको पूर्व नायब महाप्रबन्धक
७. विनोद अधिकारीः अधिकारी सर्वोत्तम सिमेन्टका वरिष्ठ महाप्रबन्धक
८. भुपेन्द्रप्रसाद अर्याल
९.आनन्द नेपालः नेपाल शंकर ग्रुपका कार्यकारी निर्देशक
१०. संजय कुमारः संजयकुमार नागरिक उड्डयन प्राधिकरणका कर्मचारी