लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा ६ अर्ब नोक्सानी « Arthapath.com
१६ आश्विन २०७७, शुक्रबार

लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा ६ अर्ब नोक्सानी



काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण एकै प्रदेशमा होटल तथा पर्यटन व्यवसायीको ६ अर्वभन्दा बढिको क्षति भएको छ । सरकारले लगाएको लकडाउनका कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले यति धेरै धनराशी गुमाउनु परेको हो । त्यस्तै सुदूरपश्चिम प्रदेशका २० हजार भन्दा बढिले रोजगार गुमाउनु परेको व्यवसायीहरुले बताए ।

व्यवसाय जोगाउन प्रदेश तथा संघीय सरकारसँग राहतको प्याकेज ल्याउन अनुरोध गरिएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दीपक खड्काले बताए ।

लकडाउनका कारण व्यापार ठप्प हुँदा बैंकको किस्ता तिर्न नसकेकोले व्यवसाय जोगाउन व्याज र कर मिनाहा गर्नुपर्ने कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्