अव लकडाउन नगर्ने स्वास्थ्य मन्त्री ढकालको वाचा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब लकडाउन नगर्ने बताएका छन । कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन हुन्छ भन्ने आसंकाले व्यावसायीहरु त्तसित हुनथालेपछि स्वास्थ्य मन्त्रीले लकडाउन नगर्ने वाचा गरेका छन ।
मन्त्री ढकालले नेपाल एनअबिआई पदाधिकारीहरुसंगको भेटमा उपत्यकामा लकडाउन नहुने बताए । शुक्रबार राष्ट्रिय व्यवसायिक पहलका पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब पुनः लकडाउन हुन्छ भनेर नआत्तिन आग्रह गरे ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन गर्ने बारेमा आएका समाचारहरु सत्य नभएको मन्त्री ढकालले बताए ।