लाभांश घोषणा गरे २९ कम्पनीले, कुन कम्पनीको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत २९ कम्पनीले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ को लागि नेप्से सुचिकृत कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म २९ कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । तर कुनै पनि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश प्रस्ताव गरेका छैनन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा आम्दानी गरेको मुनाफाबाट लाभांश दिने कम्पनीहरुमा १ वटा म्युचअल फण्ड रहेका छन् । ५ वटा क्यापिटल मार्केट कम्पनी, ४ वटा लघुवित्त वित्तीय संस्था, २ वटा वाणिज्य बैंक र बहुराष्ट्रिय कम्पनी युुनिलिभर नेपालले पनि लाभांश घोषणा गरिसकेको छ । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् । विगत वर्षहरूभन्दा कोरोना महामारीको कारण केही ढिलो भएको जनाएको छ ।

