जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार जनाको हात रित्तीयो

काठमाडौं । जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात रित्तो बनेको छ ।
सर्वाधिक बिक्री भएको कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन् ।
कम्पनीको ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
आइपीओमा ७ लाख ९४ हजार ५४६ आवेदनबाट २ करोड १४ लाख १० हजार ७१० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्रै पाएका छन् ।