अचानक गाडी गुड्दा एकजनाको ज्यान गयो

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका ३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्दा अचानक एकजनाको ज्यान गएके छ ।दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बुको ज्यान गएको छ ।
बा २ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोम ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिगेर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।