६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै प्रभु लाइफले धितोपत्र बोर्डमा दियो निवेदन « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै प्रभु लाइफले धितोपत्र बोर्डमा दियो निवेदन



काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा प्रभु लाइफ इन्स्योरेन्सले निवदेन दिएको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको कम्पनीको ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रु.१ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्