उद्योगीको मनपरि, आफूखुसी बढाए जारको पानीको मूल्य

काठमाडौं । उद्योगीहरुले जारको पानीको मूल्य आफ्रखुसी बढाएका छन् । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको हो । वाणिज्य विभागसँग सहमति नगरिकन पानीको मूल्य ५० रुपैयाँ कायम गरेका हुन् । एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ बनाउन पत्राचार गरेको हो ।
एसोसिएसनको निर्णयपछि काठमाडौं उपत्यका र बनेपामा रहेका १७५ वटा पानी कम्पनीको जारको पिउने पानीको मूल्य प्रतिजार ५० रुपैयाँ पुगेको छ ।
संघका महासचिव दुर्गाबहादुर गौतमका अनुसार वाणिज्य विभागकै रोहबरमा गत साउनमा तोकिएको अधिकतम् मूल्यसम्बन्धी सम्झौतालाई आधार मानेर उत्पादक र वितरकको मूल्य तोकिएको छ ।
पानीको मूल्य निर्धारणबारे विभागले गरेको निर्णय कार्यन्वयनमा नआइसकेको भए पनि बजारमा पानीको मूल्य बढाइएको जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।