ललिता निवास प्रकरणः ३० भन्दा बढी आरोपित धरौटीमा रिहा, पूर्वमन्त्री पन्त पनि ५ लाख धरौटीमा छुटे « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

ललिता निवास प्रकरणः ३० भन्दा बढी आरोपित धरौटीमा रिहा, पूर्वमन्त्री पन्त पनि ५ लाख धरौटीमा छुटे



काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वमन्त्री छविराज पन्त ५ लाख धरौटीमा रिहा भएका छन् पन्तलाई रिहा गर्न विशेष अदालतले आदेश दिएको हो । उनी आइतबार रिहा भएका हुन् । अध्यक्ष न्यायाधीश शिवराज अधिकारी तथा न्यायाधीश बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको इजलासले पन्तलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

धरौटी बुझाएर पन्त आइतबार नै रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवास प्रकरणमा पन्तसँग अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो दाबी गरेको थियो ।

त्यस्तै, सरकारी जग्गा व्यक्तिको नाममा दर्ताको भूमिका खेलेको अभियोग लागेका अदालतले तत्कालीन भूमिसुधार अधिकारी शङ्करप्रसाद सुुवेदीलाई पनि धरौटीमा रिहा गर्न आदेश गरेको छ । सुवेदीसँग पनि अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपियाँ बिगो दाबी गरेको हो ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्री पन्तसहित १७५ जनाविरुद्ध अख्तियारले माघ २२ गते अदालतमा मुद्दा दायर गरेको थियो । अधिकांश आरोपित धमाधम धरौटीमा रिहा भइरहेका छन् । अदालतमा पहिलो आरोपीका रूपमा उपस्थित भएका कृष्णप्रसाद पौडेललाई सर्वोच्चले २ लाख रुपैयाँमा धरौटीमा रिहा भएका छन् । अदालतका अनुसार ३० भन्दा बढी प्रतिवादी धरौटीमा रिहा भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्