राष्ट्रपति र प्रधानमन्त्रीद्वरा रानीपोखरी उद्घाटन « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वरा रानीपोखरी उद्घाटन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन गरेका छन । बुधबार एक समारोहका विच देशको मुख्य गनाको रुपमा रहेको ऐतिहांसिक रानीपोखरीको उद्घाटन गरिएको हो ।

भूकम्पले क्षत विक्षत बनाएको रानीपोखरी पुनर्निर्माण सम्पन्न प्रश्चात सरकारले उद्घाटन गरेको हो । उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीको अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थिती रहेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्प भत्काएको रानीपोखरी लामो विवादका वावजुत निर्माण सम्पन्न भएको छ । रानीपोखरी राष्ट्रिय पुर्ननिर्वाण प्राधिकरणले बनाएको हो । रानीपोखरीको २०७२ माघ २ गते राष्ट्रपति विद्या भण्डारीले शिलान्यास गरेकी थिइन । रानीपोखरीमा रहेको वालगोपालेश्वर मन्त्रीर पुरानै शैलीमा बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्