किसान बहुउद्देश्यीय सहकारीले रजत जयन्ती मनायो, २१ शाखा र १३ करोड सेयर पुँजी « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

किसान बहुउद्देश्यीय सहकारीले रजत जयन्ती मनायो, २१ शाखा र १३ करोड सेयर पुँजी



काठमाडौं । कैलालीको लम्किमा अवस्थीत किसान बहुउद्देश्यीक सहकारी संस्थाले आफ्नो स्थापनाको २५ औ बार्षिकोत्सव एवं रजतजयन्ती बनाएको छ । रजतजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

सहकारीले केन्द्रीय कार्यालय लम्कीमा सम्पन्न भएको रजत जयन्ती समारोहको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले गरेका थिए । समारोहमा प्रमूख अतिथी लम्की चुहा नगरपालिका प्रमूख महादेव बजगाईले सहकारीको २५ औं वार्षिकोत्सव रिवन काटेर उद्घाटन गरेका थिए ।

रजतजयन्तीको अवसर पारेर संस्थाले सन्चालनमा ल्याएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन प्रमुख अतिथी बजगाईले गरेका थिए । उद्घाटन समारोहमा संबोधन गर्दै प्रमूख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सन्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको भन्दै संस्थालाई धन्यवाद दिए । उक्त समारोहमा ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्ला व्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेहरु कुबेर प्रसाद तिमिल्सिना, पुजा शाह र दिक्षा तिमिल्सिनालाई सम्मान गरिएको थियो ।

उक्त समारोहमा संस्थाको अन्तर शाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका सहभागी लम्की शाखाका अमर राजभण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दितिय र सुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना विजेताहरुलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरे । विजेताहरुका लागि पुरस्कार राशी क्रमशःनगद १०, ७,५ र ३ हजार रहेको थियो ।

२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६,६०० सेयरपुँजीबाट सन्चालन भएको संस्था रजतजयन्ती सम्मआईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड सेयरपुजी रहेको छ । गत आवमा संस्थाले ८ करोड ८४ लाख खुद मुनाफा गरेको छ भने, २ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ । सहकारीको कुल निक्षेप २ अर्ब ३८ करोड रहेको छ । संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखादबिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सन्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्