यस बर्षको तिहारमा ४० प्रतिशत मात्रै झिलिमिली बत्ती आयात

काठमाडौं । तिहारका लागि २० करोडको झिलिमिली बत्ती आयात भएको छ । यस पटक कोरोना कहरले गर्दा झिलिमिली बत्तती धेरै आयात नहुने देखिएको छ । हालसम्म झण्डै २० करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले अनुमान गरेको छ ।
विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताए । गत वर्ष झण्डै ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । महासंघका अनुसार आयात गर्नुपर्ने बत्ती लगभग आयात भइसकेको छ । केही आउनेक्रममै बाटोमा रहेको छ ।
यता महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका व्यवसायी रेशम प्रसाद देवकोटाले कतिपय गत वर्षकै स्टक बत्ती पनि यस पटकको तिहारमा बिक्री गरिने बताए।
महासंघका अनुसार गत साल नै बत्तीको मूल्य कायम गरिएको थियो र सोही मूल्य यसवर्ष पनि कायम गरिएको छ । गत वर्ष दियो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम थियो ।