मेरो शेयरको एपमा नयाँ सुविधाः अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

मेरो शेयरको एपमा नयाँ सुविधाः अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने



काठमाडौं । आइपिओमा आवेदन दिने सुविधा नभएकाले मेरो शेयरको एपमा नयाँ सुविधा थपिएको छ । अब मोबाइल एपबाटै आइपिओ भर्न सकिने व्यवस्था गरेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । सिडीएसले एपमा सीआस्वा सेवा थप गरेको जनाएको छ ।

एपमा यो सेवा थपिएसँगै लगानीकर्ताले अब एपबाटै आइपिओमा आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले मेरो शेयरको वेबसाइटबाट नै आइपिओमा आवेदन दिँदै आएका थिए । प्ले स्टोरमा गएर मेरो शेयरको एप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्