अब सहकारीले सेवा शुल्क लिन नपाउने

काठमाडौं । अब सहकारी संस्थाहरुले ऋण लगानी गर्दा सेवा शुल्क लिन नमिल्ने भएको छ ।ऋणी सदस्यलाई ऋण प्रदान गरेबापत संस्थाले सेवा शुल्कको नाममा पैसा लिन नलिल्ने भएको हो । बागमती प्रदेशको सहकारी मापदण्डले सहकारीले सेवा शुल्क भन्ने शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।
प्रदेशले गरेको व्यवस्थामा सेवा शुल्कको ठाउँमा अधिकतम १ प्रतिशत प्रशासनिक खर्च शीर्षकका शुल्क लिन सकिने छ ।त्यस्तैगरी नवीकरण शुल्क बापत शुन्य दशमलव २५ प्रतिशतसम्म शुल्क लिने बाहेक कर्जा प्रवाहको नाममा अन्य कुनै शुल्क लिन नपाइने ब्यवस्था समेत प्रदेश मापदण्डले गरेको छ ।
यता संघीय सहकारी विभागले माघ १ गतेबाट लागू हुने गरी सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा ब्याज रकम बाहेक अतिरिक्त शुल्क लिन नहुने ब्यवस्था गरेको छ ।