मर्जरको जति कुरा छन्, सब हल्ला हुन्: सीईओ गौतम

तुलसीराम गौतम सीईओ सेञ्चुरी कमर्सियल बैंक
- मर्जरको जति कुरा छन्, सब हल्ला हुन् ।
- यस वर्ष सेयर लगानीमा राम्रो नाफा भयो ।
- नयाँ सञ्चालक समिति आएपछि जम्मा २ वटा बैठक बस्यो ।
- हाम्रो सेयर कर्जा अरूको तुलनामा कम नै छ ।
- केही समय तरलता घट्ने अवस्था देखिन्न ।
सेञ्चुरी बैंकको सेयर भ्यालु बढिरहेको छ, खास के छ त्यस्तो ?
सेयर बजार कतिपय टेक्निकल कारणले बढ्छ भने, हल्लाको भरमा पनि बजार बढिरहेको हुन्छ । हाम्रो बैंकको तर्फबाट सेयर प्राइसमा इफेक्ट हुने कुनै पनि काम भएको छैन । हामीले त्रैमासको वित्तीय विवरण निकालेको मात्रै हौं । यसबीचमा हामो वित्तीय विवरण रामो आएको छ । कोरोनाको समस्या बाबजुद राम्रो ग्रोथ देखिएको छ । यसबीच बजारमा मर्जरको हल्ला पनि चलाइएको छ ।
मर्जरमा जान लागेको हल्ला पनि छ । बजारमा लाखौ कित्ता सेयरको माग देखिन्छ नि ?
सेञ्चुरी बैंकभित्र मर्जरबारे कुनै कुरा भएको छैन । मर्जरबारे कुनै पनि होमवर्क भएको छैन । बजारमा आएका हल्ला गलत हुन् । मर्जरबारे एक स्टेप पनि अगाडि बढेका छैनौं । यस बैंकको गतमहिना भएको साधारण सभाले नयाँ बोर्ड भर्खरै चुनेको छ । नयाँ बोर्डको चुनावपछि जम्मा २ वटा सञ्चालक समिति बैठक बसेको मात्रै हो । कुनै पनि बैंकसँग मर्जर गर्ने भनेर कुरै भएको छैन । बजारमा केही अनलाइन मिडियाहरूले समाचार लेखेको सुन्नमा आएको छ, तर बैंकभित्र मर्जरबारे कुनै निर्णय भएको छैन । भोली मर्जर हुँदै हुँदैन भन्ने कुरा होइन, यो त प्रमोटर र बोर्डको अधिकारको कुरा रह्यो ।
नविल बैंकसँग मर्जरमा जान लागेको भनेर सेयर मूल्य बढाइएको छ, सर्वसाधारण सोझा लगानीकर्ता फस्लान नि ?
हल्ला मैले पनि सुनेको हो । नविलमात्रै होइन, कुनै पनि बैंकसँग मर्जरमा जाने भनेर कुनै छलफल भएको छैन । लगानीकर्ताहरू भ्रममा पर्नुभएन । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरू भ्रममा नपर्न म आग्रह गर्छु ।
सेकेण्ड क्वाटरको वित्तीय विवरण राम्रो आएको रहेछ नि ?
वित्तीय विवरण नियमित निकाल्नुपर्ने कुरा हो । कोरोनाको महामारीमा पनि यतिको रिजल्ट ठिकै हो भन्ने हो । एकदमै फ्यान्टास्टीक भएको भन्ने होइन । कोरोनाले अधिकांश क्षेत्र हिट भएको छ । जति नाफा कमाएका छौं त्यो राम्रो मानेका छौं ।
कोरोनाको समयमा पनि यती राम्रो व्यालेन्ससिट कसरी आउन सक्यो ?
कोरोनाले सबै क्षेत्र हिट भएका छैनन् । कतिपयको व्यापार व्यावसाय चलिरहेका पनि थिए । ती क्षेत्रले व्याज तिरेका कारण पनि राम्रो भएको हो ।
सेञ्चुरी बैंक एक्लै चल्न नसक्ने अवस्थामा पुगेको होर, मर्जरमा जानुपर्ने बाध्याता आएको हो ?
मर्जरमा जानैपर्ने बाध्याता छैन । १ सय २६ वटा शाखा पुगिसकेको छ । ८ अर्व पुँजी पुगिसकेको छ, कोर क्यापिटल भने १० अर्व पुगिसकेको छ । ८५ अर्व डिपोजिट छ, ७२ अर्बभन्दा बढी कर्जा छ । नाफा पनि यो क्वाटरमा राम्रो नै छ । झन्डै साँढे ६ लाख ग्राहक छन् । व्यापार बढिरहेको छ भने एक्लै हिँड्न नसक्ने भन्ने कुरा छैन । गत आर्थिक वर्षमा पनि कोरोनाले ४ महिना व्यापार नै गर्न नसक्ने अवस्था थियो । यस्तो बेलामा पनि ७ प्रतिशत रिटर्न राम्रो हो नि ।
गतवर्ष पनि प्राइम बैंकसंग मर्जरको कुरा भएर फेरी सेलायो नि ?
गतवर्ष राष्ट्र बैंकले मर्जर गराउने भन्ने कुराहरू आइरहेका थिए । त्यो मर्जरचाहिँ क्रस होल्डिङबाट सुरु गर्ने भन्ने चर्चा थियो । प्राइम बैंकको लगानीकर्ता उमेश श्रेष्ठ र सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ दाजुभाइ भनेर जोड्ने काम भयो । तर उहाँहरू नातेदार हुन, त्यै आधारले क्रस होल्डिङ छ भनेर मर्जरको नभएको हल्ला चलाइयो । उमेशजी पमोटर सेयरहोल्डर हुन भने राजेशजी पब्लिक सेयरहोल्डर हुन् । खासमा प्राइम बैंक र सेञ्चुरीको क्रस होल्डिङ छैन । १०/१५ हजार कित्ता सेयरमा कसैको क्रस होल्डिङ हुनसक्छ । एउटा इन्स्योरेन्स कम्पनीले अक्सनमा किनेको १ प्रतिशत सेयर क्रस होल्डिङ छ, त्यो बाहेक कुनै छैन । यो विचमा १५÷२० वटा बैंकबीच मर्जरको हल्ला भए तर कुनै मर्जर भएका छन त । ग्लोबल आइएमई र जनताबाहेक त कुनै भएन । अरू त मर्जर भएन नि ।
सेञ्चुरी बैंकको कर्मचारी खर्च ठूलो भएकोले अरू बैंकले मर्जर गर्न नमानेको चर्चा छ हो ?
त्यस्तो छैन, हाम्रो कर्मचारी खर्च अरूसरह नै छ । कुनैमा अलि बढी होल कुनैमा कम होला, तर हाम्रो कर्मचारी खर्च एभ्रेजमा छ ।
सेञ्चुरी बैंकले गाभेको २ वटा फाइनान्सको विजनेशले बढी नाफा देखिएको भनिन्छ नि हो ?
म आएकै ३ वर्ष पुग्न लाग्यो, गाभेको कहिले हो । म आउनुभन्दा अघिकै हो नि । ३÷४ वर्ष अघि गाभेको संस्थाको कुरा गरेर भएन नि । गाभेकै वर्ष लोन डिपोजिट कर्मचारी जति थिए यसै बैंकको बढ्यो नि । विजनेश त त्यै बेला बढे ।
यसपालि बैंकमा नयाँ सञ्चालक समिति आएको छ, नयाँ बोर्डले चाहि“ नयाँ म्यानेजमेण्टको हेरफेरको चर्चा पनि चलेको छ, यस्तो केही छ ?
मलाई थाहा भएकोअनुसार केही पनि छैन । बोर्ड आएको एक महिना पनि भएको छैन । दुईवटा मिटिङमात्रै भएको छ । त्यस्तो केही भएको जस्तो मलाई लाग्दैन । तीनजनाको मात्रै हो नि त । होल बोर्ड नै चेञ्ज भएको होइन । आजसम्म मैले केही पनि थाहा पाएको छैन ।
सेञ्चुरी बैंकले पछिल्लो समय एग्रेसिप्ली सेयर कर्जा बाँडेको थियो, त्यसमा रिस्क छैन ?
हैन, त्यो नर्मल साइज हो । अरू बैंकको तुलनामा अरूभन्दा धेरै कम छ नि । त्यसमा पनि अहिले नयाँ स्किम ल्याएर दिएका छौँ । नयाँ स्किमले राष्ट्र बैंकको ड्राइरेक्सन आउँदाखेरि म्याचिङ भएन । राष्ट्र बैंकको निर्देशन पहिलेभन्दा अहिले कडारुपमा आयो । यसमा केही व्यवस्थापन गर्नुपर्ने छ ।
पहिलो क्वार्टरमा सेयर कर्जा धेरै दिएकाले नाफा बढी देखियो भनिन्छ नि हो ?
आज लोन दिएर आजै नाफा बढ्दैन नि । पुस र माघमा दिएको लोनले बढ्दैन नि । बजारमा लोन दियो भने १२ प्रतिशतले इण्ट्रेस्ट घट्दैन । महिनाको एक प्रतिशत बढ्छ । एक प्रतिशत त प्रोफिट नै बाँड्नुपर्छ । भनेपछि हामीले कहाँबाट कमाउने ? त्यो लङ टर्ममा फाइदा हुन्छ सर्ट टर्ममा कहाँ फाइदा हुन्छ र ?
सेञ्चुरीसँग गाभिएको सगरमाथा फाइनान्सको सेयरमा ठूलो लगानी थियो, त्यसैले नाफा भएको हो ?
होइन, किन होइन भन्दाखेरि सेयरमा लगानी पक्कै हो । अरू संस्थाको हामीले ल्यायौँ नि । उनीहरूले सेयरमा लगानी गरेका थिए र बैंक आफ्नो पनि केही न केही थियो । सबै जोडेर राम्रैखालको थियो । पोहोरतिर स्टक मार्केट डाउन भयो (११ सय जति पुग्यो । कतिपय सेयर पिक टाइममा किनेको पनि घट्यो नि फेरि । डाउन हुँदा हामीलाई घाटा लागेको थियो । त्यो घाटा अहिले सेटअफचाहिँ भयो । देखिनेखालको नाफा भएकै हो ।
बैंकिङ क्षेत्रमा तरलता धेरै बढेको छ, रियल स्टेट र बाहेक अरू लोन कतिको गैरहेको छ ?
गैरहेको छ । हाम्रोमा ठिक ठिकै छ । ठूलो संख्यामा आइसकेको छैन, अलिअलि आइरहेको छ । जाने भनेको ब्यापार, उद्योगमा नै हो । हाइड्रोपावरमा अलिअलि गैरहेको छ । ओभरलमा, सबै बैंकले सेयर कर्जा दिँदैन । सेयरमा लगानी गर्दैन । धेरैजसो बैंकलेसेयर कर्जा मात्रै दिन्छ । सुनमात्रै राख्यो भने एक सय प्रतिशत सेयर कर्जा कसैले दिँदैन । सबै म्यानेज गरेर जान्छन् । पोर्ट फिल्डङको मिक्स हुन्छ । बैंकहरूले सबै मिलाएर दिन्छ ।
कर्जाको डिमाण्ड बढिरहेको छ त्यसो भए ?
त्यति धेरै बढेकोजस्तो मलाइ लाग्दैन । दुई तीन महिना अगाडिको तुलना गर्ने हो भने धेरै सुधार भएको छ । धेरै ठूलो फ्याक्ट्री खुलिसकेको, नयाँ बिजनेश आएको अवस्थाचाहिँ छैन । भएकालाई तानतुन पारिएको छ ।
नयाँ विजनेश बढाउने भन्दा पनि अरूको विजनेश तान्ने बैंकिङ क्षेत्रको देखिएको छ नि ?
यस्तो प्रचलन त पहिलेदेखि नै हो । असरचाहिँ एक–अर्कालाई हुनुभएन भन्ने थियो । सबै बैंकमा रिस्क म्यानेजमेण्ट डिपार्टमेण्टहरू, अडिटलगायत छन् । पब्लिकको पैसा डुवाउन दिइँदैन । १० वर्ष अगाडि पनि थियो ५ वर्ष पछाडि पनि हुन्छ, अहिले पनि छ ।
सेञ्चुरी बैंकको क्लाइन्ट कति खोसे ?
हैन अलि अलि, आउने जाने हुन्छ । हाम्रा केही स्टाफहरू जान्छन् उनीहरूका केही स्टाफहरू हाम्रोमा आउँछन् । एउटा जानसक्छ अरू आउन सक्छ, त्यस्तो नर्मल नै मानिन्छ । यो नियमित प्रक्रिया हो । खासमा हामो गाहक धेरै बाहिरिएका छैनन् ।