बिहिबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहिबार सुनको भाउ तोलामा एकैदिन ९ सयले घटेको छ ।
आज सुन तोलामा एकैदिन ९ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार र तेजावि सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।