मंगलबार सुनचाँदीको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य अंकले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा १ सय र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला १३ सय मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।