बढ्यो सुनचँदीको मुल्य, तोलामा कती ?

काठमाडौ । आज बिहिबार सुन तोलामा ८ सयले बढेको छ । हिजो बुधबार ६ सयले ओरालो लागेको सुन आज ८ सयले बढेको हो । छापावाला सुन प्रतितोला ९० हजार ८ सय र तेजावि सुन प्रतितोला ९० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी हिजो १० रुपैयाँले घटेको चाँदीको भाउ आज २० रुपैयाँले उकालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा र चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।
