फेरी बढ्यो सुन तोलामा ९१ हजार ३ सय पुग्यो

काठमाडौ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य ५ सयले बढेको छ । हिजो ८ सयले बढेको सुन आज फेरी तोलामा ५ सयले बढेको हो । सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ३ सय र तेजावि सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहिबार सुन तोलामा ८ सयले बढेर र छापावाला सुन प्रतितोला ९० हजार ८ सय र तेजावि सुन प्रतितोला ९० हजार ३ सयमा र चाँदीको भाउ २० रुपैयाँले उकालो लागेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो बुधबार सुन तोलामा एकैदिन ६ सयले घटेर छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा र चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय र तेजावि सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।