सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । मंगलबार सुन चाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य बढेको हो ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी मअहासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
