बेमौसमी वर्षाले विस्थापित भएका ३ सय घरपरिवारलाई गैरआवासीय नेपाली सघंले दियो राहात « Arthapath.com
१० कार्तिक २०७८, बुधबार

बेमौसमी वर्षाले विस्थापित भएका ३ सय घरपरिवारलाई गैरआवासीय नेपाली सघंले दियो राहात



काठमाडौं । गैरआवासीय नेपाली सघंले बेमौसमी वर्षाका कारण विस्थापीत भएका घरपरिवारलाई राहात वितरण गरेको छ । बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कंचनपुर जिल्ला महाकाली नदिमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैरआवासीय नेपाली सघंले राहत सामग्री प्रदान गरेको हो ।

प्रत्येक एक घर परिवारको संघले ५० किलो चामल ,३ लिटर खाने तेल, ५ किलो दाल , ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज ,आधा किलो मसला, १ थान त्रिपाल, २ थान म्याट , २ थान ब्लङकेट, १ थान बाल्टी, १ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडाः ९टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान प्रदान गरेको संघले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अबलोकन र राहत कार्यमा सरिक भई राहतका सामाग्रीहरु हस्तारण गरेका हुन, उनले जहिले पनि मातृभूमीमा आपत विपत परेको बेला विश्वभरीका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए ।

राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली०, माननर्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बाट नवीन राज जोशी, स्वयंसेवक प्रदिप खनाल, स्वयंसेवक सन्जु श्रेष्ठ लगायत उपस्थित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्