हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरण : आरोपीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेकाहरू विरुद्ध मुद्दा नचल्ने भएको छ । सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।
सरकारी वकिलको कार्यालयको निर्णयअनुसार पक्राउ परेका तीन सञ्चालकलाई रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई प्रहरीले थुनामुक्त गरेको हो ।
सहकारी पीडित उजुरीकर्ताको रकम फिर्ता भए पछि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।