हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने « Arthapath.com
३२ जेष्ठ २०८१, शुक्रबार

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने



काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको विशेष साधारणसभा आगामी असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ ।

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ ।

प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्