यस्तो छ आजको सुनचाँदीको बजारभाउ « Arthapath.com
४ असार २०८१, मंगलवार

यस्तो छ आजको सुनचाँदीको बजारभाउ



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्