सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१० असार २०८१, सोमबार

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढे्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्