सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार « Arthapath.com
११ असार २०८१, मंगलवार

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ ।

बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ परिसूचक पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ ।

कारोबार अवधिभर ३१९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा उपसूचक बढेका छन् भने पाँच उपसूचक राताम्य बनेको छ ।

कारोबार रकमका आधारमा आज आरएसडीसी लघुवित्तले सर्वाधिक १४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर,नेपाल फाइनान्स, पोखरा फाइनान्स लगायत कम्पनी पनि सर्वाधिक कारोबारको अग्रस्थानमा छ ।

यस दिन मकर जितुमाया सुरी हाईड्रोको सेयर मूल्यमा सर्वाधिक बढेको छ । आज न्यादी हाईड्रो,अपर सोलु हाईड्रो र हाथवे इ्रन्भेष्टमेन्टलगायत कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।

आज साधना लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घट्यो । यस्तै आज गूडविल फाइनान्स,जानकी फाइनान्स र शिवश्री हाईड्रो लगायट कम्पनीका लगानीकर्ताले सर्वाधिका घाटा व्यहोरेका छन् ।


प्रतिक्रिया दिनुहोस्