२ वर्षे कार्यकाल बाँकी छदैँ हिमालयन एभरेष्ट इन्स्याेरेन्सबाट बाहिरिए शाह « Arthapath.com
१२ असार २०८१, बुधबार

२ वर्षे कार्यकाल बाँकी छदैँ हिमालयन एभरेष्ट इन्स्याेरेन्सबाट बाहिरिए शाह



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय बहादुर शाहले राजिनामा दिएका छन् ।

आफने कार्यकाल सकिन दुई वर्ष बाँकी हुँदा नै शाहले पदबाट राजिनामा दिएका छन् । उनले असार १२ गते बुधवार राजिनामा संचालक समितिलाइ बुझाएका छन् ।
साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट मर्जपछिको कार्यकाल २ वर्ष बाँकी थियो । उनी अघिल्लो वर्ष २०७८ फागुन १ गते कम्पनीको सिइओ बनेका थिए । तर, संचालक समितिसँग कुरा नमिलेपछि सिइओ शाहले राजिनामा दिएका हुन् ।

उनी यसअघि नेपाल इन्स्योरेन्स र एनएलजी इन्याेरेन्समा सिइओको भएर कुशलतापुर्वक नेतृत्व दिएका थिए । यस्तै, साविकको हिमालयन जनरल इन्स्योरेन्समा सिईओ भइसकेका व्यक्ति हुन् ।

शाहले राजिनामापछि हिमालयन एभरेष्टको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डिसीइओ अञ्जु श्रेष्ठलाई प्रदान गरिएको कम्पनीले जनाएको छ। उनको जिम्मेवारी असार १३ गते बिहीबारदेखि लागू हुनेछ ।

कम्पनीलाई मर्जर गराएर ठुलाे व्यवसायिक सफलता दिलाएका शाह बीमा बजारका अब्बल सीईओ हुन् ।


प्रतिक्रिया दिनुहोस्