मनमोहन मेमोरियल कलेज : ६२ विषयको पढाइ एकै ठाउँमा, नतिजामा अब्बल « Arthapath.com
१३ असार २०८१, बिहीबार

मनमोहन मेमोरियल कलेज : ६२ विषयको पढाइ एकै ठाउँमा, नतिजामा अब्बल



काठमाडौं । विहीबारमात्रै राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक शत्र २०८० को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यससँगै अब उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूमा नयाँ भर्नाको लहर खुल्ने छ । यो साल सवा २ लाख विद्यार्थीले उच्च शिक्षामा पाइला चाल्ने छन् ।

यी विद्यार्थीहरूको भावि गन्तव्य र नेपालको विद्यमान शिक्षण गुणस्तर लगायत विषयको सेरोफेरोमा रहेर अर्थपथले काठमाडौँ महानगरपालिका वडा नं. १६ नयाँबजार, सोह्रखुट्टेमा रहेको मनमोहन मेमोरियल कलेजका प्राचार्य द्रोण अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मनमोहन मेमोरियल कलेज कस्तो कलेज हो ? कसरी जन्मियो ? स्थापनाकालदेखि हालसम्म के–कस्ता प्रगति हासिल भए ? प्रष्ट्याइदिनुहोस् न ।

महामोहन मेमोरियल कलेजको स्थापना वि.स २०५४ साल साउन १६ गते भएको हो । अहिले हामी २५औं वसन्तमा छौं । विशेष गरी त्यतिबेला उच्च माध्यमिक विद्यालय भन्ने चलन थियो । उच्च माध्यमिक विद्यालयहरू अत्यन्त महँगो थियो ।

अहिले बोर्डिङ र संस्थागत स्कुल जस्तो थियो । जहाँ गरीब र न्यून आय भएकाले पढ्न सक्दैनथे । धनीले उच्च मावि र गरीबले आईए, बिए पढ्ने भन्ने माहोल थियो । मनमोहन कलेज त्यतिबेलादेखि नै मध्यम तथा न्यून वर्गीय तहका विद्यार्थीहरूलाई पनि उमाविमा नयाँ खालका विषयहरू अध्ययन गराउन सकिन्छ भनेर स्थापना भएको कलेज हो ।

हामीले शिक्षा क्षेत्रमा हुने व्यापार न्यूनीकरण गर्ने काम गर्यौं । अहिले उच्च माध्यमिक विद्यालयहरू माध्यमिक भएका छन् । यो बीचमा हामीले धेरै लामो अभ्यासहरू गरेका छौं । स्थापनामा हामीले जुन हिसाबले शैक्षिक अभियान चलायौँ हामीले जे काम गरिरहेका छौं । त्यो चाहिँ उपयुक्त रहेछ भने कुरा विद्यार्थीहरूको आकर्षणए प्रमाणित गरेको छ । हामी यसमा सन्तुष्ट छौं । धनि र गरीब बीचको शैक्षिक खाडल पुर्ने काम मनमोहन मेमोरियल कलेजले गरेको छ ।

स्थापनाको समयमा केही चुनौती पनि भयो । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा भन्ने हाम्रो नारा थियो । जुन कुरा हामीले हरेक गाउँपालिका र विद्यालयमा पुर्यायौं । सुरुका वर्षहरू कष्टकर भएपनि एक दुई वर्षपछि गतिशील भएर अगाडि बढ्यौं ।

हामीलाई हाम्रो नतिजा पनि राम्रो हुँदै गयो । मनमोहन कलेज विद्यार्थी मैत्री छ । अभिभावक मैत्री छ । वार्षिक नतिजा राम्रो छ । त्यसैले हामी निरन्तर अगाडि बढिरहेका छौं । ७९ जना विद्यार्थीबाट सुरू गरिएको यस कलेज २७०० विद्यार्थीसम्म पुग्यो ।

अहिले पनि १४/१५ सय विद्यार्थी हामीकहाँ छन् । हामीले कलेजबाट ३७ हजारभन्दा बढी विद्यार्थीहरू उत्कृष्ट नतिजसहित उत्तीर्ण गराउन सफल भएका छौं ।

तपाइँहरू लामो समयदेखि उच्च शिक्षामा काम गरिरहनु भएको छ । पछिल्ला वर्षमा विद्यार्थीको संख्या घट्न थालेको कुरामा कत्तिको सत्यता छ ?

पछिल्लो समय १२ कक्षाको पढाइ सकेपछि विदेश जाने क्रम अत्यधिक बढेको छ । २०८१ साल लागिसके पछाडि झन्डै ८० हजार हाराहारी विद्यार्थी विदेश गए भन्ने तथ्यांक पनि आएको छ । समग्रमा स्नातक तह र स्नाकोत्तर तहमा विद्यार्थीको संख्या घटेको यकिन हो ।

नेपालभरमा गणितमा स्नातक पढ्ने विद्यार्थीको संख्या जम्मा ४२ जनामात्र भए भन्ने कुराहरू आएको छ । माथिल्लो तहहरूमा विद्यार्थीहरू घट्ने क्रम स्वाभाविक नै छ । ब्याचलर र मास्टर्स नेपालमा बसेर पढ्न विद्यार्थीहरूलाई तीब्र रुची छैन ।

नेपालमा शैक्षिक गुणस्तर कमजोर भयो भन्ने खालका कुराहरू पनि उठ्न थालेका छन् । नेपालका शैक्षिक संस्थाहरूले पाठ्यक्रम र पठन शैलीमा के कस्ता परिवर्तन गरिरहेका छन् ? आवश्यकता के छ ?

विशेषतः एसईई पास भइसकेपछि कक्षा ११ मा अध्ययन गर्दा अभिभावक र विद्यार्थीले के कुरा बुझ्नुपर्छ भने भोलि गएर कस्तो पेसामा आवद्ध हुने भन्ने कुराको निक्यौल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र भर्ना हुनुपर्छ ।

भर्ना भइसकेपछि +२ पास हुने र स्नातक र स्नाकोत्तरसम्म सोही अनुरुप नै जाने भएकाले राज्यस्तरबाटै ती विद्यार्थीको तथ्यांक संकलन गरी भोलीको नेपाली बजारमा कुन कुन तहका कुन विषयमा ज्ञान हासिल गरेका विद्यार्थीहरू आउँछन् भन्ने कुराको राज्यले पनि मापन गर्नुपर्ने स्थिति छ ।

हाम्रो पाठ्यक्रममा केही त्रुटीहरू छन् । कभर नयाँ हुने तर ५२ सालदेखि आजसम्म त्यही किताब नै आइरहने परिपाटी छ । उही कोर्सलाई यता र उता घुमाउने काम मात्र भइराखेको छ । यसलाई सरकारले ध्यान दिनु जरूरी छ ।

समय सापेक्ष शिक्षा अहिलेको आवश्यता हो । सीपमुलक शिक्षालाई प्राथमिकता दिन सके मात्र राष्ट्रियस्तरमै प्रगति हासिल गर्न सकिन्छ । पाठ्यक्रममा थुप्रै सुधार गर्नुपर्ने अवस्था छ । यतातिर राज्यको ध्यानाकर्षण हुनु जरूरी छ ।

सीपमुलक शिक्षाका लागि मनमोहन कलेजले के कस्तो प्रयास गरिरहेको छ ?

यस कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायको कक्षा ११ देखि मास्टर्स डिग्रीसम्म अध्यापन गराइरहेका छौं । लोकसेवा, शिक्षकसेवा, बैंकिङ क्षेत्र र अन्त्य व्यावसायिक क्षेत्र सबैतिर संलग्न छन् । यस्ता विद्यार्थीहरूलाई हामीले इन्टर्नसीपदेखि प्राक्टिसलाई पनि जोड दिएका छौं । परीक्षाको ग्यापमा हामी उनीहरूलाई सीपमुलक क्षेत्रमा पठाउँछौं ।

हामीले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूलाई आवश्यकताका आधारमा पूर्णकालिन र आंशिक हिसाबले जागिर दिलाउने कामहरू गरेका छौं । हाम्रो कलेजमा पढ्ने विद्यार्थीहरू सबै क्षेत्रमा पुगेका छन् । हामीले बैंकर, शिक्षक र थुप्रै सरकारी कर्मचारीहरो जन्माएका छौं ।

विद्यार्थी बाहिरिने क्रम यसरी नै बढिरहने हो भने नेपालका कलेजहरूको अस्तित्व नै खतरामा पर्ने जोखिम हुन्छ कि हुँदैन ? यसलाई जोगाउन कस्तो रणनीति लिन सकिएला ? विदेशमा त कलेजले नै कम खोजिदिने परिपाटी छ । नेपालमा सम्भव होला ?

यसले ठूलो असर पारेको छ । यस विषयमा सरकार पनि गम्भीर हुनुपर्छ । विद्यार्थीलाई नेपालमा नै टिकाउने हो भने रोजगारीको अवसरहरू दिलाउनुपर्छ । कलेजले पनि यस्तो कुरामा सहयोग गर्नुपर्छ । हामीले त्यो खालका अभ्यास पनि गरेका छौं ।
हामीकहाँ एमबीएसमा पनि चार्टर्ड एकाउण्ट्स (सिए) पढ्ने विद्यार्थी हुनुहुन्छ । हामी उहाँहरूलाई बेलुका अनलाइनबाट पढाउछौँ । काम पनि भयो, पढाई पनि भयो । जागिर खाने विद्यार्थीहरूलाई साढे आठदेखि ९ बजेसम्म छुट्टी दिने गरेका छौं ।
बेरोजगार शैक्षिक जनशक्ति मात्र उत्पादन गरेर हुँदैन । यस्ता कुरामा ध्यान दिन सकियो बाहिरिने क्रम रोक्न सकिन्छ ।

कुनै पनि विद्यार्थीले उच्च शिक्षाका निम्ति मनमोहन मेमोरियल कलेज नै किन रोज्ने ?

हामीसँग दक्ष कर्मचारी उत्पादन गर्न सक्ने वातावरण छ । हामीले थुप्रै बैंकर, समाजसेवी, शिक्षक, उच्च पदस्थ कर्मचारी जन्माएका छौं । जुन मैले अघि पनि भनिसके । हाम्रो च्यानल सिस्टम राम्रो छ । हरेक विद्यार्थीलाई केयर गर्छौं ।
हामीसँग अनुभवी शिक्षकहरू छन् । हामी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्छौं । हाम्रो कलेजमा राजनीति हुँदैन । यो एउटा ऐतिहासिक कलेज हो जसले आफ्नो शिक्षाको २५ वर्ष इतिहास पार गरेको छ । जसको निरन्तरता छ ।

यो कलेज विश्वब्यापी रुपमै परिचित छ । नतिजामा उत्कृष्ट छ । वार्षिक नतिजा राम्रो छ । सर्वसुलभ शुल्क छ । यहाँ ५२ वटाभन्दा बढी विषय पढाइ हुन्छ । स्नातकोत्तरसम्म पढ्न पाइछ । सबैलाई पायक पर्ने ठाउँमा छ । अनुभवी शिक्षक छन् ।
मनोरञ्जनात्मक कार्यक्रममा पनि अगाडि छौं । छात्रवृत्ति दिन्छौं । १६ वटा जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा विद्यार्थीलाई भर्नामा विशेष छुट दिन्छौं । गरीबी, जेहन्दार, पिछडिएका विद्यार्थीलाई छात्रवृत्ति दिन्छौं । डिजिटलमा अगाडि छौं । त्यसैले पनि मनमोहन कलेज नै रोज्न आग्रह गर्दछु ।


प्रतिक्रिया दिनुहोस्