आकर्षणको केन्द्र बन्दै मोर्गन कलेज, नतिजामा सधैँ उत्कृष्ट « Arthapath.com
१५ असार २०८१, शनिबार

आकर्षणको केन्द्र बन्दै मोर्गन कलेज, नतिजामा सधैँ उत्कृष्ट



काठमाडौं । राजधानीकै अति व्यस्त सडक (चक्रपथ) बसुन्धरा । त्यसको छेवैमा छ मोर्गन इन्टरनेशनल कलेज । सबैलाई पायक पर्ने ठाउँमा रहेको मोर्गन परिचित कलेज हो । गुणस्तरीय शिक्षा र अब्बल नतिजामा आफूलाई सधैं अग्रपंतिमा उभ्याउने यस कलेज विद्यार्थी र अभिभावक दुवैको आकर्षणको केन्द्र हो ।

स्वदेशमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित यस कलेजले कयौं चिकित्सक, इन्जिनियर, पाइलट, बैंकर, चार्टर्ड एकाउन्टेन्ट जन्माइसकेको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थामा समेत दक्ष जनशक्ति पठाउन यस कलेज सफल छ ।
उच्च माध्यामिक शिक्षा परिषद्को सम्बन्धनमा +२ तर्फ विज्ञान, व्यवस्थापन र मानविकीको अध्ययन हुँदै आएको कलेजबाट स्नातक तहसम्मको अध्ययन यही पूरा गर्न सकिन्छ । राम्रो नम्बर मात्र होइन अनुशासित र सक्षम नागरिक उत्पादनमा समेत कलेज उत्तिकै उत्तरदायी छ ।

यस कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त खेलकुद, मनोरञ्जन, कला, साहित्य जस्ता क्षेत्रमा पनि जोड दिने गरेको छ । विद्यार्थीको रुची र क्षमता अनुसार उनीहरुलाई स्वतन्त्रपूर्वक ढंगले पढ्न सक्ने व्यवस्था मिलाएको छ । त्यसैले पनि यस कलेज आकर्षणको केन्द्र बनिरहेको छ ।

एसईईको नतिजा पनि बिहिबार मात्रै प्रकाशित भएको छ । यसै परिपेक्ष्यमा रहेको नेपालको समग्र शिक्षा प्रणाली खस्किंदो नतिजा र मोर्गन कलेजले गरिरहेको अभ्यास लगायत विषयमा केन्द्रीत रहेर कलेज प्रमुख डा. दीपेन्द्र भण्डारीसँग अर्थपथ डटकमले गरेको कुराकानीको सम्पादित अंश ः

बिहीबार मात्रै एसईईको नतिजा प्रकाशित भयो । विगतका वर्षहरूको तुलनामा नतिजा अत्यन्तै खस्किएर आयो । करीब ५२ प्रतिशत विद्यार्थीहरू परीक्षामा अनुत्तीर्ण भए । के नेपालको पढाइको गुणस्तर खस्किंदो लयमा हो ?

त्यो त पक्कै पनि हो, ठिक ठाउँमा राज्यको लगानी छैन । लगानी मानव पुँजीमा हुनुपर्छ । सबैभन्दा पहिलो कुरा शिक्षकमा साधना छ कि छैन । अध्यापन कस्तो छ ।पाठ्यक्रम अनुसारको अध्ययन छ कि छैन । त्यो अनुसार जानुपर्ने हुन्छ । त्यो भएको छ कि छैन भनेर अनुगमन गर्ने संयन्त्र नै छैन ।

मन्त्रालय मन्त्रालय भन्छौं । मन्त्रालय मन्त्रालयमै सीमित छ । यता अध्यापन गराउने शिक्षकहरूको शैक्षिक योग्यता, साधना, पढाउने शैली छ छैन त्यतातिर ध्यान दिन सकिएको छैन । त्यसकारण नतिजा खस्किरहेको छ । लगानी लक्षित वर्गमा पुगिरहेको छैन ।

यसलाई सुधार्न लगानी मानव संसाधनमा लगाउनुपर्छ । यसलाई प्रम्रो बनाउन नीतिगत तहबाट मार्गनिर्देशित गर्नुपर्छ ।राज्यका सबै नीति राम्रो भयो भने मात्र सुधार सम्भव छ । राज्यका सबै नीति अस्तव्यस्त छन् । राज्यका नीतिहरू चुस्तदुरुस्त हुनुपर्छ ।
संसारको सबैभन्दा महत्वपूर्ण चिज भनेकै शिक्षा हो । शिक्षा क्षेत्रमा नेपालमा जति लापरबाही छ अन्य मुलुकमा त्यस्तो छैन । राज्यको पहिलो लगानी शिक्षामा हुनुपर्छ । शिक्षाले मान्छेलाई चेतनशील बनाउँछ । कर्मशील, प्रतिस्पर्धी बनाउँछ । यी सबैलाई मार्गनिर्देश गर्ने, अनुगमन गर्ने र आम जनमानसमा पुर्याउने काम नीतिको हो । नीतिलाई अनुगमन गर्ने, नियमन गर्ने, नतिजामा परिणत गर्ने गर्ने काम नीतिगत संयन्त्रको हुन्छ । ती सबै ठाउँमा हामी चुकिरहेका छौ ।

यो जति नतिजा छ । यो नतिजा पनि बोर्डिङ स्कुलले बचाइदिएको इज्ययत हो । नत्र भने यति पनि हुने थिएन । बोर्डिङ स्कुलमा जतिपनि पढेका छन् त्यसमा ७० प्रतिशतभन्दा बढी पास छन् । सरकारी स्कुलमा पढ्नेहरू फेल छन् ।
तर राज्यको नीति निजीलाई सकेसम्म नियन्त्रण गर्ने खालको छ । सरकारीमा बजेट खन्याएको छ । बजेट नदिजसरी बगेको छ ।

तर त्यो ठिक ठाउँमा छैन । त्यसको उपयोग भएको छैन । प्रयोग भएको छैन ।
हामीले यसको प्रयोग प्राविधिक शिक्षा, व्यवहारिक शिक्षा, सीपमुलक शिक्षा, विद्यार्थीलाई रचनात्मक र सिर्जनशील बनाउने कुरामा लगानी गर्न सक्छौं । विभिन्न पातहरू छन् । तर यसतर्फ राज्यको ध्यान गएको छैन ।
त्यसकारण नतिजा पनि खराब हुँदै गइरहेको छ ।

फेल हुँदा पनि माथिल्लो तह अध्ययन गर्न पाउने व्यवस्था छ । खराब नतिजा अनि माथिल्लो कक्षा अध्ययन गर्न पाउने परिपाटीले त अदक्ष जनशक्ति उत्पादन हुने जोखिम बढ्दैन र ?

यो त गरिरहेको छ । यसको परिणाम ’ब्रेन डेन’ का कुराहरू आइरहेका छन् । यसको कारण यस्तो भएको हो । किनभने अलिकति राम्रा अलिकति प्रतिभा भएका विद्यार्थीहरूले यो देशमा भविष्य देख्ने छाडेका छन् । उनीहरू आफ्नो देशमा भविष्य सुरक्षित देख्दैनन् । उनीहरू नागरिकता नै त्याग्न तयार छन् । यहाँ शिक्षा नीति, रोजगार नीति र राजनीतिक शक्ति लगायत कुरामा बिमति छ । यसको परिणाम भोली झनै बिग्रने वाला छ ।
यो सबै हुनुमा शिक्षाको नीतिमा राजनीतिक दलका नेतृत्वहरूले ध्यान नदिएको कारण यस्तो परिस्थिति आइरहेको छ ।

अहिले विद्यार्थीहरू पलायन हुने क्रम बढिरहेको छ । यसले राज्य तथा शैक्षिक संस्थाहरूमा कस्तो असर पर्ला ? किन यस्तो भइरहेको छ ?

यसले धेरै ठूलो नकारात्मक असर त राज्यलाई गर्छ । राज्यका सबै संयन्त्रहरू आज चुस्त दुरुस्त छैनन् । राज्यले निती बनाउने हो । नीतिले नै अन्य कुराहरूलाई अनुगामा र नियमन गर्ने हो त्यो चिज गरिएन भने व्यवसाय गर्ने वातावरण बन्दैन । राज्यले राजश्व कहाँबाट कमाउँछ ? त्यसो हुँदा यसले कलेज अथवा व्यावसायिक संस्था मात्र होइन राज्य नै डुब्ने स्थितिमा पुग्छ । यस्तै रहे भयावह स्थिति नआउँल भन्न सकिन्न ।

विद्यार्थी बाहिरिनुले कलेजहरूलाई कहींकतै प्रभाव पारिरहेकै छ । किन उनीहरू बाहिरिए भन्नेतर्फ राज्यको ध्यान जानुपर्छ । हाम्रो पाठ्यक्रम नै कमजोर छ । समयानुकूलको पाध्यक्र छैन । हामीले अब प्रविधिमा केन्द्रीत भएर अगाडि बढ्नुपर्ने बेला आएको छ । प्रविधि कहाँबाट कहाँ पुगिसक्यो । एआई, रोबर्टका कुराहरू आइसके । हामी पृथ्वीनारायण शाहका बारेमा पठाइरहेका छौं । नेपालको पाठ्यक्रम २०० प्रतिशत फेलियर छ । अझै यहि पाठ्यक्रम रहिरहने हो भने नतिजा झन् खस्चिँदै जानेमा दुईमत छैन ।

विद्यालय तथा कलेजहरू शिक्षाका गुणस्तरभन्दा पनि विद्यार्थी तान्नतर्फ केन्द्रीत भए भन्ने खालको आरोपहरू पनि आउने गरेको छ । यसमा अभिभावकहरूको पनि उतिकै गुनासो छ । अस्वस्थ प्रतिस्पर्धाकै कारण शिक्षा नतिजाउन्मुख हुन सकेन भन्ने गरिन्छ नि । कसरी लिनु भएको छ ?

उहाँहरूले भन्नुभएको कुरा एक हदसम्म ठिकै पनि होला । उहाँहरूलाई त्यस्तो लागेको होला । हामीले स्थानीय मात्र नभई विश्वव्यापी पनि हेर्नुपर्छ । पूर्वी र पश्चिमी देशहरूमा कस्तो खालको अभ्यास छन् ? विकसित देशहरूले के गरिरहेका छन् ? शिक्षाको मोडालिटी के हो ? नीति के हो ? हामीले यतातिर पनि ध्यान दिनुपर्छ । त्यसपछि मात्र अभिभावकहरू स्पष्ट हुन्छन् । उहाँहरू भनेको जस्तो शिक्षामा अनावश्यक प्रतिस्पर्धा भयो भन्ने कुरा जायज होइन । किनभने अहिले पनि राम्रो शिक्षा दिने संस्थाहरू छन् । गुणस्तर, सीपमुलक शिक्षा उत्पादन गरिरहेका छन् ।

तर राज्यको नीति सबैलाई नियन्त्रण गर्ने किसिमको छ । राज्यले पनि गर्न सक्दैन, गर्न चाहने निजीलाई पनि प्रोत्साहन गर्न सक्दैन । त्यसकारण यस्तो परिस्थिति निर्माण भएको छ ।

विद्यार्थीहरूले उच्च शिक्षाका लागि मोर्गन कलेज किन रोज्ने ? अरूभन्दा के फरक छ ?

मोर्गन कलेज नेपालको उत्कृष्ट कलेजमा पर्छ । विद्यालय तहदेखि स्नाकोत्तर तहसम्म नतिजामा अब्बल छौं । अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय, विश्वव्यापी जहाँ हेरे पनि हामी प्रतिस्पर्धामा सधैं अगाडि छौं ।

यो हुनुमा हामीसँग केही फरक कुराहरू छन् । अरूले जे पढाउँछन् हामी पनि त्यही पढाउँछौं । तर त्यही चिजलाई फरक किसिमले पढाउँछौं । विद्यार्थीले बुझ्ने गरेर, चाहिने गरेर हामीले पढाउँछौं । विद्यार्थी अनुकूलन हुने गरेर हामी पढाउँछौं । हामीसँग राम्रो फ्याकल्टी मेम्बरहरू हुनुहुन्छ । राम्रो ल्याब र लाइब्रेरी छन् । शैक्षिक वातावरण छ । खेलकुदका लागि वातारण छ । राम्रो नतिजाको निम्ति सधैं तत्पर छ । हामीले धेरै डाक्टर, इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट जन्माईसकेका छौं । अहिलेको सबैभन्दा राम्रो कुरा प्रविधिको (आइटी) को छ । यसमा पनि मोर्गन अपग्रेड गरिरहेको छ ।

हामीले राष्ट्रिय परिक्षा बोर्डमा पाँच पटकसम्म विज्ञानमा बोर्ड फर्स्टको पोजिसनमा छौं । पाँच पटक व्यवस्थापनमा बोर्ड फर्स्टको पोजिसनमा छौं । एमबिबिएसमा नाम निकाल्ने अग्रपंक्तिमा हाम्रो विद्यार्थी छन् । इन्जिनियरमा नाम निकाल्ने अब्बल विद्यार्थी जन्माएका छौं । नतिजामा अरूभन्दा धेरै अब्बल छौं । विद्यार्थीले आफ्नो भविष्य सुरक्षित गर्न मोर्गन कलेज रोज्नुपर्छ । त्यसको ग्यारेन्टी हामी दिन्छौं ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको माथिल्लो तहमा बसेर काम गर्ने विद्यार्थी मोर्गनले जन्माएको छ । हामीसँग कयौं उपलब्धि हासिल गरिसकेका छौं । अझ यो भन्दा राम्रो उपलब्धि हासिल गर्नेतर्फ शसक्त भएका छौं । अनि मोर्गन किन नरोज्ने ?


प्रतिक्रिया दिनुहोस्