लाभांश पारित गर्न नेपाल हाइड्रोले बोलायो साधारणसभा « Arthapath.com
१६ असार २०८१, आईतवार

लाभांश पारित गर्न नेपाल हाइड्रोले बोलायो साधारणसभा



काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले एकैपटक दुई आर्थिक वर्षको साधारणसभा बोलाएको हो ।

असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गरेको निर्णयानुसार उक्त सभा आगामी साउन ६ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

साथै, कम्पनीले बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्