६ अर्ब अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका सीईओ पक्राउ

काठमाडौं। रकम अपचलन गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लालीगुराँस सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताकाे १० अर्बभन्दा बढी ठगी गरेको आरोप छ ।
भण्डारीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । भण्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् ।