साढे दुई वर्षसम्म ठेक्का नपाउने गरि एक दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । एक दर्जन निर्माण कम्पनीलाई कालो सूचीमा परेका छन् । सरकारले विभिन्न ठुला ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको कात्तिक २१ गतेको निर्णय अनुसार ती निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुले १ वर्षदेखि २ वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुने कार्यालयले जनाएको छ ।
