चुनौतीको चौघेरामा नागरिक लगानी कोष, होला नीतिगत व्यवस्थामा सुधार ? « Arthapath.com
४ चैत्र २०८१, सोमबार

चुनौतीको चौघेरामा नागरिक लगानी कोष, होला नीतिगत व्यवस्थामा सुधार ?



काठमाडौँ । नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा नागरिक लगानी कोषसामु चुनौतीका चाङ रहेको प्रस्ट हुन्छ । संस्थामा नयाँ प्रशासकको रूपमा लघुवित्त सञ्चालनको अनुभव भएका पर्वतकुमार कार्की आएपछि संस्थाले अपेक्षित सुधारको गति लिन नसकेको सरोकारवालाहरूले बताएका छन् । 

वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री आउने भनेर निम्ता गरिएको भएपछि अर्थमन्त्री विष्णु पौडेलसम्म पनि सहभागी भएनन् । अर्थमन्त्री पौडेल पछिल्लो समय यस्ताखाले कार्यक्रमहरूमा सहभागी हुन छाडेका छन् ।

सम्पन्न भएको छ । सोमबार काठमाडौँमा आयोजित वार्षिकोत्सव समारोहमा अर्थ सचिव घनश्याम उपाध्यायले कोषको कार्य सञ्चालन र प्रगति आगामी दिनमा थप हुँदै जाने अपेक्षा व्यक्त गरे ।

कोषले आगामी दिनमा आम नागरिकलाई सञ्चयकर्तामा परिणत गरी भोलिको लागि सामाजिक सुरक्षाको एक प्रमुख हस्तिको रूपमा अगाडी बढ्नुपर्ने बताए । नागरिकको हितका लागि कोषको लगानी उत्पादनशील क्षेत्र तथा सरकारका प्राथमिकता क्षेत्रहरूमा अगाडी बढाइ मुलुकको समग्र अर्थतन्त्रलाई थप योगदान दिन भूमिका खेल्नु पर्ने धारणा व्यक्त गरे ।

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषमा २ र्खब ७० अर्ब फण्ड हुदाँ हुँदै पनि रोजगारी सिर्जना, पूर्वाधार निमार्ण, तथा उत्पादनशिल क्षेत्रहरुमासदुपयोग गर्न नसकेको बताए । यस्तै उनले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगयत संस्थाहरुमा रहेको बचत रकम सरकारका अयोजनमा मात्र नभएर नीजि क्षेत्रका आयोजनाहरुमा समेत लगानी गर्न आग्रह गरे ।

कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सुर्यबहादुर थापाले आर्थिक विकास मार्फत मुलुकमा विद्यमा बेरोजगारीको अन्य गर्ने दिशामा कोषले आफुलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ काम गरिरहेको बताए । अध्यक्ष थापाले भेलिका दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निमार्ण जस्ता उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । कोषको लगानीलाई विविधिकरणका साथ व्यवस्थापन गर्न उपयुक्त वातावरण बनाउने कार्यमा सम्पूर्ण सरोकारबाला निकायहरुबाट पूर्ण सहयोगको अपेक्षा गरेको समेत उनले बताए।

यस्तै कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले लगानी विविधिकरण गरि सरकारका प्राथमिकताका पूर्वाधार क्षेत्र, उत्पादनशिल क्षेत्र कृषि उद्योग होटल व्यवसाय पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने चुनौति कोष सामु रहेको बताए । विविधिकरणकै क्रममा यस वर्ष कोष कर्जा कार्यविधि र लगानी नीति परिमार्जन गरेको भन्दै उनले । अबका दिनमा कोषको फिक्स डिपोजिटमा रहेको रकम घटाउँदै लगानी विविधिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यसका लागि अझै केहि नीतिगत व्यवस्थामा सुधार गर्दै लैजानु पर्ने आवस्यकता औंल्याए ।

यस्तै कोषले सेवाग्राहिलाई सरल झण्झटरहित तरिकाले सेवा प्रवाह गर्न अनलाइन सेवाहरु प्रभावकारी बनाएको पनि बताए । यसबाट कोषका सेवाग्राहि, सहभागि तथा योगदानकर्ताहरुले अनलाइनबाट कर्जाको लागि दर्खास्त पेश गर्ने, अनलाइनबाटै फाइनल भुक्तानी लिन, र अनलाइन बाटै कर्जाको किस्ता तिन सक्ने उनको भनाइ छ ।

यस्तै कोषले करिव ४ वर्ष अघि सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनाको दायरा विस्तार गर्न ठूलो चुनौति रहेको उनको भनाइ छ । कोषले ल्याएको यो योजनालाई परिमार्जन गरेर अन्तराष्ट्रिय अभ्यास गर्दै सरकारले यसलाई प्रमोट गर्न सके यो योजनाले अहिले नेपाल सरकारलाई ठूलो भारको रुपमा रहेको वृद्धभत्तालाई यसले रिप्लेस गर्ने गरि यसलाई अगाडी बढाउनुपर्ने बताए ।

स्थापना कालमा २ करोड ४४ लाखको चुक्त पूँजीबाट स्थापना भएको संस्था हाल ६ अर्ब ४८ करोडको चुक्ता पूँजी पुगेको कोषले जनाएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्म कोषमा २ खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको छ भने यस अवधिमा २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै यस अवधिसम्म आइपुग्दा कोषले झण्डै ६ लाख सहभागिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्