प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक « Arthapath.com
१० चैत्र २०८१, आईतवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका छन् ।

क्यालेन्डर सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तिथी मिति तथा सार्वजनिक बिदाहरु समेटिएको अगामी वर्ष २०८२ को क्यालेण्डर समयमै प्रकाशित गरेको बताए । प्रकाशित २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने बताए ।


कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई लगायत उच्च व्यवस्थापकहरुको समेत सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्