गुनासो बोकेर प्राधिकरण जाँदा राजनीति गर्न आएको भन्दै धम्काएकाे उद्याेगी व्यवसायीकाे गुनासाे « Arthapath.com
१० चैत्र २०८१, आईतवार

गुनासो बोकेर प्राधिकरण जाँदा राजनीति गर्न आएको भन्दै धम्काएकाे उद्याेगी व्यवसायीकाे गुनासाे



काठमाडाैं। भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएर औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि उद्योगी व्यवसायीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले द्योग तथा कारखानामा दैनिक लोडसेडिङ हुँदै आएकोभन्दै काम गर्न कठिन भएको बताए ।

सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारुले विद्युत प्राधिकरणले तालिका बिना नै लोडसेडिङ गरेका कारण उद्योग सञ्चालन गर्न अप्ठ्यारो भएको बताएका छन् ।

उनले भने, ‘लोडसेडिङ नहुने घोषणा भएसँगै हामि खुशि थियौं। एक–दुई महिना ठिक चल्यो तर विस्तारै ८–९ घण्टा लोडसेडिङ हुन थाल्यो। गुनासो बोकेर विधुत प्राधिकरण जाँदा राजनीति गर्न आएको भन्दै धम्काउने गरेको छ ।’

यस्तै उद्योगमा विद्युत कटौती हुने गरेको भएपनि लोडसेडिङको तालिका माग्दा नेपाल विद्युत प्राधिकरणले दिन नसकेको व्यवसायीहरुको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले देशमा लोडसेडिङको अन्त्य नभएको भन्दै झुठको खेती हुँदै आएको बताए।लोडसेडिङको बेला बिजुलि प्रयोग गरेका प्रमाण दिएको खण्डमा तत्कालै बक्यौता भुक्तानी गरीदिने बताए । उनले भने, ‘उधोगहरु धरासायी भएका छन् । प्रमाण हामिलाई दिएको दिन नै हामि पैसा दिन तयार हो । हामि औधोगीक वातावरण बनाउन तयार छौ ।’

यस्तै उद्योगीहरूले सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिषचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गरी डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा लाल आयोगमा २०७२ श्रावणदेखि पौष २९ गतेसम्म महसुल निर्धारण आययोगले महसुल दर निर्धारण नगरेको अवधिको डेडिकेटेड र ट्रंक लाइनको महसुल लिन र तिर्न नपर्ने स्मरण गराएका छन्।


प्रतिक्रिया दिनुहोस्