राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेशन हब’ स्थापना « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेशन हब’ स्थापना



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेशन हब स्थापना गरेको छ । वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै यसको स्थापना गरिएको हो ।

नियामकीय दृष्टिकोण, गैर बाध्यकारी निर्देशन, परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले इनोभेशन हबमा अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्था गरिएको छ ।

डिजिटल फाइनान्स इनोभेसन हब एउटा प्लेटफर्म हो जसले नवीन वित्तीय प्रविधिहरूको विकास र प्रयोगलाई सहज बनाउँछ, जसले प्रायः समावेशी वित्त प्रवर्द्धन गर्न र वित्तीय क्षेत्रमा, विशेष गरी साना र मझौला उद्योगहरूका चुनौतीलाई सम्बोधन गर्नमा केन्द्रित हुन्छ।


प्रतिक्रिया दिनुहोस्