नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा नबिल बैंकको कामु सिइओ भएकाेमा ज्ञवालीलाई बधाई
काठमाडौं। नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेकाे छ ।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवाल तथा बोर्ड सदस्यहरूले ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई सराहना गर्दै भने, “बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ ।
ज्ञवालीले पदोन्नतिमा उनि आफैले पुर्याएकाे उत्कृष्ट योगदानको प्रतिबिम्ब भएकाे र ज्ञवालीकाे नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्ने विश्वास बैंककाे विश्वास छ ।
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्छ र नेपाल तथा इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ पार्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिवद्ध रहन्छ ।