बैंकिङ्ग प्रणालीबाट साेमबार ३५ अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

बैंकिङ्ग प्रणालीबाट साेमबार ३५ अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबार पुनः बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणमार्फत २३ दिनका लागि पैसा तान्न लागेको हो ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २३ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्