सूर्याज्याेति लाइफले ३ दिनमै अनलाइन कर्जा दिने, कति किस्ता तिरेपछि पाइन्छ कर्जा ? « Arthapath.com
२५ चैत्र २०८१, सोमबार

सूर्याज्याेति लाइफले ३ दिनमै अनलाइन कर्जा दिने, कति किस्ता तिरेपछि पाइन्छ कर्जा ?



काठमाडाैँ । सूर्याज्याेती लाइफ इन्स्याेरेन्सले आफ्ना बिमितहरूलाई अनलाइन सेवा इ-कर्जा सुभारम्भ गरेकाे छ ।

साेमबार एक कार्यक्रमका विच अनलाइन कर्जा सेवाकाे सुभारम्भ गरेकाे हाे । नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ पनि लन्च गरेकाे छ ।

इ-कर्जा सेवाकाे बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।

कुनैपनि विमितले बिमा गरेर तेस्राे किस्ता तिरेपछि आफुलाई खाँचाेपर्दा अनलाइनबाटै कर्जा पाइने कम्पनीका प्रमुुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । पाँचलाख भन्दा बढी पाेलिसि हाेल्डर्सलाई अनलाइन कार्डकाे पनि सेवा सुरू गरेकाे छ ।

५ अर्व चुक्तापुँजी रहेकाे सुर्यज्याेति लाइफकाे २१ लाख पाेलिसि हाेल्डर्स रहेका छन् । कम्पनीले ७ अर्व ग्रस प्रिमियम संकलन गरेकाे छ ।

सुर्यज्याेति लाइफकाे ४ अर्व २९ कराेड पाेलिसि लाेन रहेकाे छ ।

डिजिटल कार्ड लिएका बीमीतले कम्पनीले सम्झौता गरेका विभिन्न अस्पताल तथा ब्यापारिक केन्द्रमा छुट पाइनेछ ।

https://www.facebook.com/share/v/1ESJJksQPY


प्रतिक्रिया दिनुहोस्