सेन्सेइको नयाँ वर्ष योजना : घरायसी सामान खरिदमा ‘एक्स-पल्स’ जित्ने मौका « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

सेन्सेइको नयाँ वर्ष योजना : घरायसी सामान खरिदमा ‘एक्स-पल्स’ जित्ने मौका



काठमाडाैं । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्सपल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिने छ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने वाचा गर्छन्।

यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलइडि टिभि ५० र माथिमा एमआइ पोड, सेमी(अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल, र फ्रन्ट(लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्। यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउने छ ।


लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिने छ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि ० प्रतिशत इएमआइ (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।


प्रतिक्रिया दिनुहोस्