नेपाल बैंक र भक्तपुर इन्टरनेस्नल हस्पिटल बिच सम्झौता

काठमडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने ओपीडी, गाइनो र प्रजनन क्षमता, निदान र पोषण र चिकित्सा सुविधाका साथै एन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ईईजी, पल्मोनरी फंक्शन टेस्ट, एफएनएसीरबायोप्सी, एक्स-रे, अल्ट्रासाउन्ड, डप्लर, कलेजो स्वास्थ्य, मुटु स्वास्थ्य, मिर्गौला स्वास्थ्य, मस्तिष्क वा न्यूरो स्वास्थ्य र युरोलोजी, सामान्य शारीरिक जाँच, इको, न्यूक्लियर कार्डियोलोजी परीक्षण, दन्त, माइनर र मेजर अपरेशन,जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।