महालक्ष्मी विकास बैंकको संस्थापक समूहकाे सेयर कित्ता लिलामी मार्फत बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक समूहको सेयर कित्ता १५ लाख १४ हजार २५ लिलामी मार्फत बिक्रीमा राखिएको छ।
उक्त सेयरको मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। याे सेयर इच्छुक व्यक्ति तथा संस्थाले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेस गर्नुपर्ने बैंकले जानकारी गराएकाे छ।
इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्ने छ र बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख १४ गतेसम्म तोकिएको छ। उक्त सेयर खरिद्ने इच्छुक व्यक्तिहरूले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ।